३२ असार २०८२, बुधबार | Wed Jul 16 2025


उत्तर कोरियाली नेताको सौतेनी दाजुको हत्यामा संलग्न रहेको आरोप लागेकी महिला रिहा


0
Shares

जकार्ता, फागुन २७ । उत्तर कोरियाका नेता किम जोङ उनका सौतेनी दाजु किम जोङ–नामको हत्यामा संलग्न भएको आरोप लागेकी इन्डोनेसियाली महिला रिहा भएकी छन् । 

इन्डोनेसियाली महिला सिती आइसामाथि लागेको हत्या आरोप फिर्ता लिएसँगै उनी रिहा भएकी हुन् । उनीसँगै भियतनामका डोएन थी हुओङमाथि नामको हत्यामा संलग्न भएको आरोप लागेको थियो ।

नामको अनुहारमा मलेसियाको क्वालालम्पुर विमानस्थलमा सन् २०१७ मा विषाक्त चिज छर्किएको आरोप उनीहरुमाथि लगाइएको थियो । दुवैले आरोप अस्वीकार गरेका छन् ।

नाममाथि सन् २०१७ को फेब्रुअरी १३ मा विषाक्त चिज प्रहार भएको थियो । उपचारका क्रममा उनको निधन भएको थियो । (एजेन्सी)