Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


सीडीओ र एलडीओसँगको ‘मिलेमतोमै’ ढुंगा, गिट्टी र बालुवा तस्करी


0
Shares

सुनसरीका प्रमुख जिल्ला अधिकारी लोकराज पौडेल, स्थानीय विकास अधिकारी रामप्रसाद वाग्ले र जिल्ला वन कार्यालयका प्रमुख राजेन्द्र निरौलासँगको मिलेमतोमा ठेकेदारहरुले अन्धाधुन्द ढुंगा तथा बालुवा निकाल्न थालेको आरोप स्थानीयले लगाएका छन् ।

सरकारले २०७० सालमा चुरे क्षेत्र र राष्ट्रिय वन क्षेत्रमा पर्ने खोला–नालामा स्काभेटर प्रयोग गरी ढुंगा, गिट्टी र बालुवा निकाल्न प्रतिबन्ध लगाएको थियो ।

त्यसपछि पूर्व क्षेत्रका प्रहरी नायव महानिरीक्षक केशरीराज घिमिरेको निर्देशनमा सुनसरी प्रहरीले ढुंगा, गिट्टी र बालुवाको तस्करी बन्द गराएको थियो ।

तर, अहिले सीडीओ र एलडीओसमेतको मिलेमतोमा तस्करी हुने भएकाले रोक्न नसकिएको प्रहरीले बताएको छ ।

सुनसरी जिल्ला वन कार्यालयका प्रमुख राजेन्द्र निरौलाले सीडीओ र एलडीओको निर्देशनमा स्काभेटर लगाएर ढुंगा, गिट्टी र बालुवा निकाल्ने काम भइरहेको बताए ।