१६ फाल्गुन २०८०, बुधबार | Wed Feb 28 2024


उपल्लो मुस्ताङमा टिपर दुर्घटना, १५ जनाको मृत्यु, १७ घाइते


0
Shares

सुन्दरकुमार थकाली (इमेज)

मुस्ताङ, असार २२ । उपल्लो मुस्ताङको लोभेकर–दामोदरकुन्ड गाउँपालिकामा शुक्रबार एक टिपर दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । अरु १७ जना घाइते भएका छन् ।

घाइतेमध्ये पाँचजनाको अवस्था सामान्य रहेको जानकारी प्राप्त भएको छ । 

बेनी–जोमसोम–कोरला सडकखन्डअन्तर्गत् उपल्लो मुस्ताङको घिलिङ र स्याङ्बोचेको बीचमा उक्त दुर्घटना भएको हो । मृतकको सनाखत भइसकेको छैन ।

बा२क २२१९ नम्बरको टिपर शुक्रबार दिउँसो २ बजेतिर कालीगन्डकी करिडोरमा काम गरिरहेका मजदुरलाई खाना खुवाएर फर्काउनेक्रममा दुर्घटना भएको जनाइएको छ ।

टिपर सडकबाट करिब ७० मिटर तल खसेको छ ।

केही घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्नसक्ने जनाइएको छ ।

घाइतेलाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेको छ ।