जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ८१२७ नम्बरको ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको ना ५ ख ८६६२ नम्बरको ट्रक आज बिहान ३ः३० बजे एकापसमा ठोक्किएका हुन् । दुर्घटनामा परी ना ५ ख ८६६२ नम्बरका ट्रक चालक मकवानपुर भैसे गाविस–२ का ४० वर्षीय पशुपति थापा गम्भीर घाइते भएका छन् ।
सोही ट्रकका सोही ठाउँका सहचालक २२ वर्षीय विमल आलेमगर र अर्का ट्रकका चालक दोलखाका २८ वर्षीय राजु लामा पनि घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि काठमाडौँ लगिएको प्रहरीले जनाएको छ ।
दुई ट्रक ठोक्किएपछि अवरुद्ध सडक एकतर्फी खुलाइएको प्रहरीले जनाएको छ । घटनास्थल मुग्लिनबाट १० किलोमिटर काठमाडौँतर्फ पर्दछ । (रासस)










प्रतिक्रिया दिनुहोस्