२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


सेउती खोलाबाट निकालिएको ढुंगा, गिटी र बालुवा लिलामी गर्न निर्देशन


0
Shares

सुनसरीका प्रमुख जिल्ला अधिकारी लोकराज पौडेलले जिल्ला विकास समितिलाई गैरकानुनी रुपमा निकालिएका नदीजन्य पदार्थको तत्काल लिलामी गर्न निर्देशन दिएका हुन् ।

ईमेज च्यानलले प्रशासनको मिलेमतोमा नदीजन्य पदार्थको तस्करी भइरहेको खुलासा गरेपछि प्रमुख जिल्ला अधिकारी पौडेल, प्रहरी, जिल्ला विकास समिति, वन कार्यालयका प्रतिनिधिसहितको टोलीले सेउती खोलाको अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा ठेकेदारहरु केशरकुमार बुढाथोकी र तिलविक्रम लिम्बुले स्काभेटर लगाएर गैह्रकानुनीरुपमा नदीजन्य पदार्थ तस्करी गरिरहेको भेटिएपछि प्रमुख जिल्ला अधिकारी पौडेलले उत्खनन् बन्द गर्न निर्देशन दिएका हुन् ।

त्यस क्रममा तीन वटा ट्याक्टर, एक ट्रकसहित चार जना चालकलाई पक्राउ गरिएको छ । तस्करी गर्न लगाउने ठेकेदारहरुलाई पक्राउ गरिएको छैन ।