केन्द्रले आज भक्तपुरमा पत्रकार सम्मेलन गरी सरकारले आफूहरुका मागको बेवास्ता गरेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएको हो ।
पत्रकार सम्मेलनमा केन्द्रका अध्यक्ष दामोदर रिजालले आफूहरुले बुझाएको पाँच बुँदे माग सम्बोधन नगरे बिहीबारदेखि देशव्यापी काम ठप्प पार्ने चेतावनी दिए ।
उनले स्थानीय निकायको निर्वाचन गराउन सरकारले आलटाल गर्दै आएको र सम्पूर्ण जिम्मेवारी आफूहरुलाई दिएको भए पनि सेवासुविधाका हकमा भने बेवास्ता गरेको गुनासो गरे ।
यसअघि केन्द्रले स्थानीय विकास मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा मागपत्र बुझाइसकेको जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्