परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा भारत, चीन, अमेरिका, बेलायत, इजरायल, फ्रान्सलगायत देशका नियोग प्रमुखहरुको उपस्थिति रहेको थियो ।
‘ब्रिफ्रिङ’पछि मन्त्री डा. महतले ब्रिफ्रिङको मुख्य उद्देश्य सरकार असन्तुष्ट पक्षहरुलाई पनि मिलाएर निर्वाचनमा जाने तयारीमा रहेको जानकारी दिए ।
उनकाअनुसार ब्रिफ्रिङमा विदेशी कूटनीतिज्ञहरुले संविधान संशोधनको विषय, मधेस मुद्दा, निर्वाचनका साथै संक्रमणकालीन न्याय, पुनःसंरचनामा दाताहरुको सहयोग र त्यसको प्रभावकारितालगायतका विषयमा चासो व्यक्त गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्