Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


सुनचाँदीको मूल्य पुनः उकालो लाग्न थाल्यो


0
Shares

काठमाडौं, फागुन २६ । पछिल्ला दिन केही ओरालो लाग्दै आएको सुनचाँदीको मूल्य आइतबार पुनः उकालो लाग्यो ।

अन्तर्राष्ट्रिय बजार पछ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बृद्धि भएर ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुनको मूल्य ६० हजार २ सय रुपैयाँ प्रतितोलामा स्थिर थियो ।

चाँदीको भाउ पनि १० रुपैयाँले बढेर ७४५ रुपैयाँ प्रतितोलामा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आइतबार साँझसम्म सुन प्रतिऔंस १३ सय डलर हाराहारीमा कारोबार भइरहेको थियो ।