२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


नेप्से १६ अंकले उकालो लाग्यो


0
Shares

उतार–चढावबीच बजार परिसूचक नेप्से १६ अंकले उकालो लागेर १३ सय २६ कायम भएर थामियो ।

बीमा र अन्यबाहेक कारोबार भएका अरु सबै समूह सकारात्मक रहे । होटल समूहमा सबैभन्दा उच्च १ सय ९ अंकको बृद्धि आयो । वाणिज्य बैंक समूह पनि २५ अंकले उकालो लाग्यो । उत्पादनमूलक र जलविद्युत् समूह पनि दोहोरो अंकले सुधारिए । बीमा समूहमा भने यस दिन पनि २८ अंकको गिरावट आयो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३७ कम्पनीको १६ लाख ५० हजार बराबर कित्ता सेयर ५३ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।