
६ दिनसम्म चलेको मेलाको ३ लाख १० हजार बढीले अवलोकनल गरेको महासंघले जनाएको छ ।
महासंघले सूचना तथा सन्चार–प्रविधिको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्देश्यले सन् १९९५ देखि प्रत्येक वर्ष क्यान इन्फोटेक गर्दै आएको छ ।
मंगलबारमात्रै ५५ हजार बढीले इन्फोटेकको अवलोकन गरेको जनाइएको छ ।
यसपटक सेलिब्रेटी, राजनीतिक दलका नेतृत्व वर्ग, नीति–निर्मातालगायत सर्वसाधारणहरुको बाक्लो उपस्थिति रहेको महासंघले जनाएको छ ।
यसले आमनेपालीमा सूचना–प्रविधिको पहुँच विस्तार र नीति–निर्माणमा योगदान पु¥याउनेमा आफूहरु आशावादी रहेको आयोजकले जनाएको छ ।
ई–नेपाल निर्माणलाई मध्यरनजर गर्दै स्मार्ट टेक्नोलोजी र डिजिटाइजेसनलाई प्राथमिकतामा राखेर आयोजना गरिएको प्रदर्शनीमा विभिन्न कम्पनीहरुले भित्र्याएको नयाँ–नयाँ प्रविधि र उत्पादनहरु राखिएका थिए ।
प्रतिक्रिया दिनुहोस्