Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


नेप्सेको अनलाइन कारोबारमा समस्या, आइतबार जम्मा दुई घण्टामात्र कारोबार


0
Shares

काठमाडौं, फागुन २६ । आइतबार नेप्सेको अनलाइन कारोबारमा समस्या आएसँगै जम्मा दुई घण्टामात्र कारोबार भएको छ ।

कारोबार पनि जम्मा ९ करोडमा सीमित भयो । नेप्से र ब्रोकरबीचको प्रोटोकल लेयरमा समस्या आएसँगै कारोबार अवरुद्ध भएको थियो ।

समस्या पहिचान भइ निदान भइसकेको र सोमबार कारोबार सुचारु हुने नेप्सेका वरिष्ठ अधिकृत निरन्जन फुयाँलले जानकारी दिए ।

आइतबार उतार चढावबीच नेप्से १ अंक बराबरले सकारात्मक रही ११२८ कायम भयो । जीवन बीमा, होटल, वाणिज्य बैंक र विकास बैंक समूह सकारात्मक रहे भने अरु ऋणात्मक रहे ।

जीवन बीमा समूह ३४ अंकले उकालो लागे पनि अरु सामान्य अंकले हरियोमात्र रहेका हुन् । 

आइतबार नेपाल स्टक एक्सचेन्जमा १४० कम्पनीको जम्मा ३ लाख २२ हजार कित्ता शेयर ९ करोड ४० लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।