३२ असार २०८२, बुधबार | Wed Jul 16 2025


भारतमा आगामी अप्रिलमा लोकसभाको चुनाव


0
Shares

नयाँ दिल्ली, फागुन २६ । भारतमा आगामी अप्रिलमा लोकसभाको चुनाव हुने भएको छ ।

भारतीय निर्वाचन आयोगका मुख्य चुनाव आयुक्त सुनील अडोराले आज पत्रकार सम्मेलन गरी आगामी अप्रिल ११ बाट लोकसभा निर्वाचन हुने मिति सार्वजनिक गरेका हुन् ।

५४५ सदस्यीय लोकसभाको निर्वाचन ७ चरणमा हुनेछ । अन्तिम चरणको निर्वाचन भने मे १९ तारिखमा हुनेछ ।

१७ औं लोकसभा गठनका लागि ९० करोड भारतीयले आफ्नो मताधिकार प्रयोग गर्ने निर्वाचन आयोगले जनाएको छ ।

यसपटक ८ करोड ४३ लाख नयाँ मतदाताले पहिलोपटक आफ्नो मताधिकार प्रयोग गर्ने छन् । १० लाख मतदान केन्द्रमा मत हाल्ने व्यवस्था मिलाइएको छ । मे २३ देखि मतगणना गरिने छ । (एजेन्सी)