Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


ताप्लेजुङमा घरसँगै जलेर एक बृद्धको मृत्यु


0
Shares

तेल्लोक-२ निवासी ७२ वर्षीय रामबहादुर लिम्बुको घरमा आगो ताप्दै चुह्लो नजिकै सुतेको बेलामा मंगलबार राति करीब साँढे दश बजे आगलागी हुँदा घरसँगै जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

मृतक लिम्बुको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइने प्रहरीले जनाएको छ ।