Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


मलेसियामा एक नेपालीको छुरा प्रहारबाट अर्का नेपालीको मृत्यु


0
Shares

जिल्लाको बाँफीकोट– १ का २४ वर्षीय अनन्त उखिराको आफ्नै साथीले छुरा प्रहार गर्दा मंगलबार मृत्यु भएको आफन्तले जानकारी दिएका छन् ।

६ महिनादेखि कम्पनीबाट भागेर बाहिर काम गर्दै आएका उखिरालाई एउटै कोठामा बस्ने सल्यानका आफ्नै साथीले छुरा प्रहार गरेको उनका आफन्त बलबहादुर विकले जानकारी दिए ।

कोठामा दुई जनाबीच सामान्य विवाद हुँदा सल्यानका गोपाल परियारले सोमबार राति उखिरालाई छुरा प्रहार गरेको विकले बताए ।

तीन वर्ष पहिले मलेसिया गएका उखिराका एक छोरा र एक छोरी रहेका छन् । उखिराको शवलाई नेपाल ल्याइदिन र दोषीलाई कडाभन्दा कडा कारबाही गर्नका लागि परिवारले सरकारसँग अनुरोध गरेको छ । (रासस)