Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


बस र ट्रक आपसमा ठोक्किदा एकजनाको मृत्यु, १२ जना घाइते


0
Shares

बिहान पौने ७ बजे ना४ख १७८६ नम्बरको ट्रकले ना४ख ७४३३ नम्बरको बसलाई ठक्कर दिदा बसमा सवार उदयपुर कटारी–९ का १८ वर्षीय रोमन सुवेदीको मृत्यु भएको हो । दुर्घटनामा घाइते उनको उपचारका क्रममा निधन भएको हो ।

घाईते भएका कटारीकै १५ वर्षीय रोशन सुवेदी र निश्चल थापाको अवस्था भने गम्भिर रहेको प्रहरीले जनाएको छ ।

घाईते सबैलाई उपचारको लागि न्युरो अस्पताल विराटनगरतर्फ पठाइएको छ । दुर्घटनामा संलग्न बस चालक फरार भएका छन् भने ट्रक चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ ।