३२ असार २०८२, बुधबार | Wed Jul 16 2025


इथियोपियन एअरलाइन्सको विमान दुर्घटना


0
Shares

इथियोपिया, फागुन २६ । इथियोपियामा विमान दुर्घटना भएको छ । 

इथियोपियाबाट केन्याको नैरोवी जाँदै गरेको इथियोपियन एअरलाइन्सको बोइङ ७३७ विमान उडान भरेको केही समयमा नै दुर्घटनाग्रस्त भएको हो ।

विमानमा चालक दलका ८ सदस्यसहित १४९ जना यात्रु रहेको बुझिएको छ । विमानमा रहेका सबैको मृत्यु भएको इथियोपियाली राज्य सञ्चालित सञ्चारमाध्यमले बताएका छन् । 

विमान इथियोपियाको राजधानी अदिस अबाबाबाट ४५ किलोमिटर दक्षिणपूर्वमा अवस्थित बोसोफ्टु शहर नजिकै दुर्घटनाग्रस्त भएको जनाइएको छ । 

यसैबीच इथियोपियाका प्रधानमन्त्री बबिय अहमदले विमान दुर्घटनाप्रति शोक प्रकट गरेका छन् । (एजेन्सी)