प्रजातान्त्रिक बिचार समाजद्धारा प्रकाशित चिन्तन पुस्तकको आज राजधानीमा बिमोचन गर्दै उनले एमालेको खोक्रो राष्ट्रवादका कारण मुलुकले निकास पाउन नसकेको दावी गरेका छन् ।
संविधान सम्शोधन प्रस्ताव पारित गरेर अगाडि बढ्नुको बिकल्प नभएको भन्दै देउवाले खोक्रो राष्ट्रवाद त्यागेर सहयोग गर्न एमालेलाई आग्रह गरे ।
नेपाली कांग्रेस ठुलो र प्रजातान्त्रिक पार्टी भएकाले अन्य दलालाई पनि प्रजातान्त्रिक चरित्रको धारमा ल्याउनु कांग्रेसकै जिम्मेवारी भएको भन्दै देउवाले मधेसी जनताको भावनालाई समय सापेक्ष संविधानमा परिमार्जन आवश्यक रहेको बताए ।
निर्वाचन गर्नुको बिकल्प दलहरुसंग नभएको भन्दै उनले सहमतिमा निर्वाचनको मिति घोषणा गर्न ढीलाई गर्न नहुने बताए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा शहरी बिकास मन्त्री अर्जुननरसिंह केसीले मधेसी मोर्चालाई एकीकृत गरेर अगाडि बढ्नु सबै राजनीतिक दलको दायित्व भएको भन्दै निर्वाचन घोषणा गर्न सरकारले तयारी गरी रहेको जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्