प्यांक्रियाजको क्यान्सरबाट पीडित तिवारीको बुधबार साँझ नेपाल क्यान्सर अस्पताल हरिसिद्धीमा उपचारकोक्रममा निधन भएको उनको परिवारनिकट कांग्रेस नेता लोकेश ढकालले राससलाई जानकारी दिए ।
काठमाडौं क्षेत्र नम्बर–४ का महासमिति सदस्य रहेका तिवारी नेपाल विद्यार्थी संघको संस्थापक सदस्यसमेत थिए ।
उनी नेपाल उद्योग वाणिज्य महासंघको पूर्वउपाध्यक्ष र नेपाल तयारी पोसाक उद्योग संघको पूर्व अध्यक्ष पनि थिए ।
स्व. नेता तिवारी २०५६ को संसदीय निर्वाचनमा कांग्रेसको तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर–३ बाट उम्मेदवार बनेका थिए ।
स्व. तिवारीको विहीबार (आजै) राति पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने बताइएको छ ।
तिवारीका एक श्रीमती दुई छोरा र दुई छोरी छन् । रासस









प्रतिक्रिया दिनुहोस्