Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


सत्य निरुपण र बेपत्ता छानबिन आयोगले पीडककै पृष्ठपोषण गरेको आरोप


0
Shares

एम्नेष्टी इन्टरनेसनल नेपालले विहीबार काठमाडौंमा गरेको अन्तरक्रियामा सहभागी द्वन्द्वपीडित परिवार तथा अधिकारकर्मीहरुले यी दुई आयोगले पीडितलाई न्याय दिनुको साटो पीडककै पृष्ठपोषण गरेको आरोप लगाए ।

कार्यक्रममा अधिकारकर्मी चरण प्रसाइँले नामअनुसार काम गर्न आयोग असफल भएको बताए ।

कार्यक्रममा एम्नेष्टी इन्टरनेसनल नेपालका अध्यक्ष राजन कुइँकेलले द्वन्द्वकालीन घटनाका पीडितलाई न्याय र पीडकलाई कारबाही गर्नसक्ने गरी सशक्त आयोग बनाउनुपर्ने बताए ।

सकेसम्म यी घटनाको समाधान देशभित्रै खोज्ने भन्दै त्यसो हुन नसके अन्तर्राष्ट्रिय अदालत गुहारेर भएपनि न्याय सुनिश्चित गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्ने अरु अधिकारकर्मी तथा पीडित परिवारले सरकारले झारा टार्ने ढंगले आयोग गठन गरेको भन्दै दुई वर्षको कार्यकाल आयोगले त्यत्तिकै गुजारेको बताएका थिए ।