Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


पोखरामा पाराग्लाइडिङ दुर्घटना, घाइतेलाई उपचारका लागि काठमाडौं लगियो


0
Shares

सराङकोटबाट पोखराको आकाशमा उडान भर्दै अवतरण गर्नेक्रममा रहेको पाराग्लाइडिङ विहीबार फेवाताल किनारमा खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा फिनल्यान्डका ४५ वर्षीय टिमो तापियो रिसानेन घाइते भएका हुन् । अवतरणस्थलमै खसेर घाइते भएका उनको टाउको र दाँहिने खुट्टामा चोट लागेको छ ।

उनलाई तत्काल उद्धार गरी उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको छ ।

अवतरणकोक्रममा सन्तुलन नमिल्दा दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ ।