Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


बम विस्फोटको विरोधमा आज देशभरका म्यानपावर कम्पनी बन्द


0
Shares

काठमाडौं । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा गराइएको बम विस्फोटको विरोधमा आज देशभरका म्यानपावर कम्पनी बन्द गरिएको छ ।

गत शुक्रबार काठमाडौंको बसुन्धरास्थित गुरुङको घरमै पार्क गरी राखिएको कारमा बम विस्फोट गराइएको थियो ।

घटनाको भत्र्सना गर्दै आज देशभरका ११ सयभन्दा बढी म्यानपावर कम्पनी बन्द गरिएको हो ।

अध्यक्ष गुरुङको घरमा भएको विस्फोटका कारण पार्किङ गरी राखिएको गाडी पूर्णरुपमा ध्वस्त भएको थियो भने घरमा आगलागी समेत भएको थियो ।

घटनाको जिम्मेवारी नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले लिएको छ ।