शुक्रबार कैलालीको धनगढीस्थित तेघरी व्यारेकमा सुदूरपश्चिम भेगीय भूतपूर्व सैनिक सम्मेलनलाई सम्बोधन गर्दै उनले राज्य संकटमा पर्दा सेनाले रगत–पसिना बगाएको बताए ।
उनले देश संकटमा पर्दा रगत–पसिना बगाएका भूतपूर्व सैनिकहरु आवश्यक परे फेरि पनि राष्ट्रसेवाका लागि तयार रहने विश्वास व्यक्त गरे ।
विभिन्न जिल्ला तथा क्षेत्रको प्रतिनिधित्व हुने गरी आयोजना गरिएको सम्मलेनका सहभागीहरुसँग प्रधानसेनापति क्षत्रीले अन्तरक्रियासमेत गरेका थिए ।
सम्मेलनमा सो क्षेत्रका दुई हजार बढी भूपूसैनिक तथा तिनका परिवारको सहभागिता रहेको जनाइएको छ ।










प्रतिक्रिया दिनुहोस्