पाँचथर, फागुन २५ । अलैंचीको मूल्य निरन्तर घटेपछि किसान निराश भएका छन् ।
यस वर्ष अलैँचीको मूल्य प्रतिमन ३५ हजार रुपैयाँ हाराहारीबाट घटेर २२ हजारसम्म झरेपछि किसान निराश बनेका हुन् ।
हालको बजार मूल्यबाट अलैंची उत्पादनमा लागेको खर्चको साँवासमेत नउठ्ने कृषकको भनाइ छ ।
मूल्य निरन्तर ओरालो लाग्दै गएपछि अलैंची गोदाममा राख्ने कि बेच्ने भन्नेमा किसान अन्योलमा परेका छन् ।
पाँचथरको याङवरक–५, नागीका किसान खड्गबहादुर लक्समले अलैंची खेतीकाक्रममा भएको खर्च उठाउनै गाह्रो परेको बताए ।
अलैंची खेतीबाट नाफा लिनै नसक्ने अवस्था आएपछि कृषकमा निराशा छाएको अलैंची व्यवसायी महासंघका वरिष्ठ केन्द्रीय उपाध्यक्ष दीपक नेपालले बताए ।
भारत, भुटानलगायतका मुलुकमा अलैंची उत्पादनमा वृद्धि भएसँगै नेपालको अलैंचीले उचित मूल्य पाउन छाडेको व्यवसायीको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्