अमेरिका जान डराए नेपाली विद्यार्थी, ‘नो अब्जेक्सन लेटर’ लिनेको संख्या घट्यो • Image Khabar Image Khabar


अमेरिका जान डराए नेपाली विद्यार्थी, ‘नो अब्जेक्सन लेटर’ लिनेको संख्या घट्यो


Imagekhabar
२४ माघ २०७३, सोमबार ०६:५८

अमेरिका जान डराए नेपाली विद्यार्थी, ‘नो अब्जेक्सन लेटर’ लिनेको संख्या घट्यो

राष्ट्रपति ट्रम्पले आप्रवासी सम्बन्धी कठोर नीति लिएका कारण विद्यार्थीमा अमेरिका आकर्षण घटेको हो । आइतबार अमेरिकाको नो अब्जेक्शन लेटर लिने विद्यार्थी शून्य भएपछि शिक्षा मन्त्रालयका पदाधिकारी आश्चर्यमा परेका छन् । शिक्षा मन्त्रालयका उपसचिव डिल्लिश्वर प्रधानका अनुसार अंग्रेजी महिनाको सुरू अर्थात जनवरी लागेदेखि अमेरिकाका लागि नो अब्जेक्सन लेटर लिने विद्यार्थीको संख्या घट्दै गएको छ ।

उपसचिव प्रधानले उपलब्ध गराएको तथ्यांक अनुसार मंसिर १ देखि पुस १६ गतेसम्म ६ हजार तीन सय ६६ विद्यार्थीले नो अब्जेक्सन लेटर लिएका थिए । यसमा अस्ट्रेलिया जाने विद्यार्थी धेरै थिए भने दोस्रो स्थानमा अमेरिका थियो । राष्ट्रपति ट्रम्पको उदयसँगै अमेरिका जाने नेपाली विद्यार्थी ह्वात्तै घटेको उनले बताए । –नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्