Logo २६ कार्तिक २०८३, बिहिबार | Fri, Nov 13, 2026


राप्रपाको जिल्ला अधिवेशन आज हुँदै


0
Shares

आसन्न महाधिवेशनको लागि आज देशका ७५ वटै जिल्लामा एक साथ अधिवेशन भइरहेको छ ।

सोमबारसम्म सबै २ सय ४० निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न भएको राप्रपाले जनाएको छ । यसअघि २ सय २२ क्षेत्रमा अधिवेशन सकिएको थियो भने बाँकी रहेको १८ क्षेत्रमा सोमबार अधिवेशन गरिएको हो ।

आगामी फागुन ६ देखि ९ गतेसम्म हुन लागेको पार्टीको एकता महाधिवेशनका लागि प्रतिनिधि छनौट गर्न वडा, गाउँ, नगर हुँदै क्षेत्रीय अधिवेशन सम्पन्न गरिएको पार्टी प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए ।

प्रत्येक क्षेत्रबाट ९ जना प्रतिनिधि कायम गरिएको छ । तत्कालीन राप्रपा र राप्रपा नेपालबीच गत मङ्सिर ६ गते काठमाडौंमा एकीकरण भएपछि पार्टीको तल्लो तहदेखि प्रतिनिधि छनोट गरी महाधिवेशन गर्न लागिएको हो ।

Skip This