
नाकामा प्रवेश खुला भएसँगै नेपालबाट एक सयभन्दा बढी मालबाहक कन्टेनर चीनको केरुङतर्फ लागेका छन् ।
चीनसँगको एकमात्र व्यापारिक नाका रसुवागढीमा माघ ७ गतेदेखि एक महिनासम्मका लागि मालबाहक कन्टेनर सन्चालनमा रोक लगाइएको थियो ।
चिनियाँ नयाँ वर्ष र ग्याल्बो ल्होसारको समय फरक परेपछि बीचमै नाका खुला गरिएको रसुवाका प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाइँले जानकारी दिए ।
रसुवागढी भन्सार कार्यालयकाअनुसार मंगलबार केरुङमा गएर सामग्री लोड गरेका कन्टेनरहरु माघ २८ गते नेपाल फर्कनेछन् ।
प्रतिक्रिया दिनुहोस्