Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


७ सिटे हेलिकोप्टर ६ सिटमा झारियो


0
Shares

काठमाडौं, फागुन २४ । सरकारले ७ सिटे (६प्लस १) हेलिकोप्टरबाट ‘बेन्च सिट’ हटाउन सुरु गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी चढेको यस्तै हेलिकोप्टर दुर्घटनामा परेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकोप्टरबाट पाइलटनजिक रहने बेन्च सिट हटाउन नेपालमा सन्चालनमा रहेका हेलिकोप्टर कम्पनीहरुसँग सहमति गरेको जनाएको हो ।

प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले एअरबस ३५० मामात्रै यस्तो व्यवस्था गरिएको बताए ।

एअरबस ३५० मामात्र ६ प्लस १ सिटवाला हेलिकोप्टर रहेको र अब ५ प्लस १ मा राखेरमात्रै चलाउने सहमति भएको उनले जानकारी दिए ।

शुक्रबारदेखि नै यो व्यवस्था लागू भइसकेको पनि उनले बताए ।

यही फागुन १५ गते ताप्लेजुङमा यस्तै ६ प्लस १ क्षमताको एअर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो ।