काठमाडौं, फागुन २४ । नेपाल महिला चेम्बरले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर विभिन्न क्षेत्रमा योगदान पुर्याउँदै आएका ७ जना महिलालाई सम्मान गरेको छ ।
शुक्रबार आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले उनीहरुलाई सम्मान गरेका हुन् ।
महिला चेम्बरले शान्तिलक्ष्मी शर्मा, अनुपमा खुजेली, शिवकुमारी डंगोल, लाक्पाफुर्सी शेर्र्पा, विधाता श्रेष्ठ, सुलोचना श्रेष्ठ, कृष्णकुमारी पौडेल र डा. मञ्जु मिश्रलाई सम्मान गरेको हो ।
कार्यक्रममा महिला चेम्बर अध्यक्ष उर्मिला श्रेष्ठले समानताको लडाइँ जारी रहेको बताइन् ।
दक्षता र योग्यताका आधारमा महिला माथिल्लो तहमा पुगेको भन्दै उनले महिलाले उचित संख्यामा उचित स्थान पाउन नसकेको पनि बताइन् ।
सातओटा प्रदेशमा एउटापनि मुख्यमन्त्री महिला नभएको भन्दै उनले महिलाको क्षमताअनुसार राज्यले अझै उचित स्थान नदिएको बताए ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले सक्षम महिलाले आ–आफ्नो क्षेत्रमा उत्कृष्टता प्रदर्शन गर्दै आइरहेको बताए ।









प्रतिक्रिया दिनुहोस्