Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


बर्लिन पर्यटन मेलामा बर्दिया राष्ट्रिय निकुञ्ज पुरस्कृत


13
Shares

काठमाडौं, फागुन २४ । बर्दिया राष्ट्रिय निकुञ्ज दीगो गन्तव्यकारुपमा पुरस्कृत भएको छ ।

विश्वकै ठूलो पर्यटन मेला आइटीवी बर्लिन जर्मनीमा सय दीगो पर्यटन गन्तव्यहरुमध्ये एसिया प्यासेफिक क्षेत्रबाट बर्दिया राष्ट्रिय निकुञ्ज पुरस्कृत भएको नेपाल पर्यटन बोर्डले जनाएको हो ।

यो पुरस्कारसँगै नेपाल ग्रीन डेस्टिनेसन ग्लोबल लिडर्स नेटवर्कमा समावेश भएको बोर्डले जनाएको छ ।

बर्लिनमा आयोजित कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी दीपकराज जोशीले बर्दियाका लागि उक्त सम्मानको ग्रहण गरेका थिए ।