Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


२०१८ मा एडीबीद्वारा नेपालमा हालसम्मकै उच्च झन्डै ६० करोड डलर लगानी


0
Shares

काठमाडौं, फागुन २४ । सन् २०१८ मा एसियाली विकास बैंक (एडीबी)ले नेपाल सरकारलाई हालसम्मकै उच्च सहयोग गरेपनि परिचालन भने सन्तोषजनक हुन नसकेको जनाइएको छ ।

यो वर्ष एडीबीले नेपाललाई अहिलेसम्मकै सर्वाधिक ५९ करोड २० लाख अमेरिकी डलर सहयोग गरेको जनाइएको छ ।

यसका साथै ८० लाख डलर बराबरको प्राविधिक सहयोग गरेको पनि एडीबीले जनाएको छ ।

यसअघि, औसत वार्षिक २५ करोड ३० लाख बराबर सहयोग गर्दै आएकोमा यो वर्ष दोब्बर बढी सहयोग पुगेको जनाइएको हो । यसले एडीबीले नेपालमा सहयोगको प्रतिबद्धता पुष्टि गरेको पनि जनाइएको छ ।

तर, खर्च परिचालन भने आधा बराबरपनि हुन नसकेको एडीबीले जनाएको छ । यसमा सुधार गरिनुपर्नेमा उसले जोड दिएको छ ।