नवलपुर, फागुन २४ । नवलपुरमा चैते धान रोपाईं सुरु भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार नवलपुरमा एक हजार ७७५ हेक्टर क्षेत्रफलमा चैते धान रोप्ने तयारी छ ।
वर्षे धानभन्दा चैते धानको उत्पादकत्व बढी हुने गरेको कृषि ज्ञान केन्द्रका मोहनप्रकाश श्रेष्ठले जानकारी दिए ।
गतवर्ष पनि एक हजार ७७० हेक्टरमा चैते धान रोपिएको थियो जसमा ७ हजार २९९ मेट्रिक टन उत्पादन भएको बताइएको छ ।
नवलपुरको साविकको कुमारवर्ती गाविस चैते धानको पकेट क्षेत्र मानिन्छ । यसबाहेक गैँडाकोट नगरपालिकाको अमरापुरी, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिकामा चैते धान रोपिन्छ ।
यी ठाउँहरु विषेशगरी सिमसार क्षेत्र, नदी किनार र सिँचाइको सुविधा भएकाले पनि चैते धान राम्रो हुने गरेको छ ।









प्रतिक्रिया दिनुहोस्