२२ जेष्ठ २०८०, सोमबार | Mon Jun 5 2023


प्रधानमन्त्रीलाई डा. केसीको चेतावनी–‘बादशाह हुँ भन्ने नठान्नोस्, फालिन्छ’ (भिडियो)


0
Shares

काठमाडौं, फागुन २३ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले सरकारले आफूसित १५औं अनशनका बेला गरेको सम्झौताअनुरुप चिकित्सा शिक्षा ऐन संशोधन गर्न माग गरेका छन् ।

बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गरी डा. केसीले ऐन जस्ताको तस्तै लागू गरिए त्यसबाट उत्पन्न हुने अवस्थाको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताए ।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले आफूलाई गलाउन नसक्ने भन्दै डा. केसीले सम्झौताअनुरुप ऐन संशोधन नगरे कुनैपनि बेला अनशन बस्ने चेतावनी दिए ।

माओवादी द्वन्द्वकालका घटनामा अन्तर्राष्ट्रिय कानुनअनुरुप कारबाही गराउनपनि आफू लड्ने भन्दै उनले प्रधानमन्त्री ओलीलाई ‘बादशाह हुँ’ भन्ने नठान्न चेतावनीसमेत दिए ।

यस्तै, गन्डकी मेडिकल कलेजका विद्यार्थीको माग तत्काल सम्बोधन गर्नुपर्ने भन्दै डा. केसीले विद्यार्थीबाट लिइएको बढी रकम तत्काल फिर्ता गराउनपनि माग गरे ।

भिडियो हेर्नुहोस्