२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


फ्रान्सको राष्ट्रपति निर्वाचनमा रुसको चासो, निर्वाचन प्रणाली ह्याक गर्न सक्ने आशंका


0
Shares

फ्रान्ससहित युरोपका तीन मुलुकमा हुन गइरहेको निर्वाचनमा रुसले निकै चासो दिएको केही गुप्चतर संगठनले जनाएका छन् ।

फ्रान्सको सुरक्षा एजेन्सी (डीजीएसइ) का अनुसार २३ अप्रिलमा हुन गइरहेको राष्ट्रपतीय निर्वाचनमा हुन सक्ने सुरक्षा चुकबारे सुक्ष्म अध्ययन र आवश्यक सुरक्षा रणनीति बनाउन थालिइएको छ ।

डीजीएसइका अनुसार रुसले दक्षिणपन्थी उम्मेदवार मेरिन ली पेनलाई मद्दत गर्नका लागि विरोधी उम्मेदवारहरुको इमेल र वेभसाइट ह्याक गर्नेसम्मका साइबर हमला गर्न सक्छ । यसअतिरिक्त मतगणनामा पनि रुसले साइबर हमला गर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै म्यानुअल काउन्टिङ सिस्टमको व्यवस्था गरिएको छ ।

रुसले अमेरिकामा जस्तै फ्रान्समा पनि निर्वाचन प्रणाली ह्याक गर्नेदेखि लिएर सामाजिक संजालमा अफवाह फैलाउन थालेको छ । रुसले मेरिन लीलाई नै फ्रान्सको नयाँ राष्ट्रपति बनाउन चाहेको पनि फ्रान्सेली सुरक्षा एजेन्सीले जनाएको छ ।

मेरिन राष्ट्रपति बनेको खण्डमा युरोपेली युनियन कमजोर हुने रुसको आंकलन छ । बेलायतझैं फ्रान्स पनि युरोपेली युनियनबाट बाहिर निस्कने बाटो फराकिलो तुल्याउन रुसले मेरिनलाई नयाँ राष्ट्रपति बनाउन चाहेको बताइन्छ । (एजेन्सी)