२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


धुर्मुस-सुन्तलीले मुसहर बस्तीमा मनाए भ्यालेन्टाइन डे


0
Shares

प्रेम सम्बन्धबाट वैवाहिक जीवनमा प्रवेश गरेका उनीहरुले एकिकृत नमूना मुसहर बस्तीमा श्रमदान गरेर दिवस मनाएका हुन् ।

मुसहरहरुसँग पनि प्रेम साटासाट गर्न भ्यालेन्टाइनमा श्रीमान श्रीमति नै बस्तीमा पुगेको उनीहरुले बताएका छन् ।

व्यस्तताका कारण मायाप्रेमका लागि खासै फुर्सद नभएकाले मुसहरहरुसँगै काम गर्दै दिवस मनाउन लागेको उनीहरुको भनाई छ ।

प्रगाढ प्रेमकै कारण सामाजीक काममा पनि मन एक भएको भन्दै उनीहरुले एक अर्का प्रतिको विश्वास भए असम्भव केहि नभएको बताएका छन् ।

पहिलेका प्रेम दिवसभन्दा यसपालीको प्रेम दिवस अझै विशेष बनेको महसुस भएको सिताराम कट्टेलले बताएका छन् ।

मुसहरहरुको माझमा रहेर उनीहरुको दुख पिडालाई दुर गर्ने अभियानमा सरिक भएर प्रेम दिवस मनाउन पाउँदा निकै खुशी लागेको कुञ्जना घिमिरे बताएकी छिन् ।

मन मिलेमा प्रेमको लागि कुनै दिवसको आवश्यकता नपर्ने बताउँदै उनीहरुले सामाजिक काम पनि प्रेमकै एउटा स्वरुप रहेको धारणा राखेका छन् ।