
काठमाडौं । चीनको मोबाइल तथा टेलिकम उपकरण उत्पादक कम्पनी हुवावेले अमेरिकी सरकारविरुद्ध टेक्सस अदालतमा मुद्दा दर्ता गरेको छ ।
हुवावेका उत्पादनमाथि गम्भीर प्रश्न उठाउँदै अमेरिकाले प्रतिबन्ध लगाएपछि हुवावेले टेक्सास जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।
हुवावेले राष्ट्रिय सुरक्षा खतरा बढाएको भन्दै अमेरिकाले दुई महिनाअघि हुवावको उत्पादनमाथि प्रतिबन्ध लगाउनुका साथै आफ्ना सहयोगी राष्ट्रलाई समेत हुवावे बहिष्कार गर्न आग्रह गरेको थियो ।
अदालतमा हुवावेद्वारा दायर रिटमा अमेरिकी कंग्रेस आरोप पुष्टि गर्न असफल भएको उल्लेख छ ।
अमेरिकाको आरोप निराधार भएको भन्दै कानूनी उपचारको बाटो खोजिएको हुवावेको भनाइ छ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्