२१ जेष्ठ २०८०, आइतबार | Sun Jun 4 2023


पासाङ ल्हामु मार्गको राम्चे–धुन्चे खण्डमा ढलान सुरु


0
Shares

रसुवा । सडक डिभिजन कार्यालय नुवाकोटले पासाङ ल्हामु मार्गको राम्चे धुन्चे खण्डमा ढलान गर्न सुरु गरेको छ ।

रसुवाको स्याउबारीदेखि सोलेसम्मको सडकमा ढलान गरिएको सडक डिभिजन कार्यालय नुवाकोटले जनाएको छ ।

बर्षात तथा हिँउदकै मौसममा पनि हिलोमा गाडी फस्ने समस्या बारम्बार देखिएपछि ढलान गरिएकोे डिभिजन प्रमुख निरज शाक्यले जानकारी दिए ।

दुई लेनको सडकमा ८ इन्च मोटाइको ढलान गर्न २ करोड ९७ लाख रुपैंया खर्च लाग्ने डिभिजन कार्यालय नुवाकोटले जनाएको छ ।

एक लाइन ढलान गरुन्जेल अर्को लाइनबाट गाडी सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ ।

सडकमा ढलान गर्नुका साथै रिटेनिङ वाल लगाउने, उप्किएको पिच टाल्नेलगायतका कामलाई पनि निरन्तरता दिइएको छ ।

नाका जोड्ने सडक भए पनि लामो समयसम्म सडकको मर्मत नहुँदा चालक, यात्रु र व्यापारी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।