Logo १५ असार २०८३, सोमबार | Tue Jun 30 2026


७२ शैक्षिक संरचना पुनःनिर्माण गर्न भारतद्वारा सीबीआरआइ परिचालन


0
Shares

काठमाडौं, फागुन २२ । नेपालस्थित भारतीय दूतावास र भारतकै ‘सीबीआरआइ’बीच नेपालका ७२ ओटा शिक्षा संरचना पुनःनिर्माण गर्ने सम्झौता भएको छ ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा सीबीआरआइले गोरखा, नुवाकोट, धादिङ, दोलखा, काभ्रेपलाञ्चोक, रामेछाप तथा सिन्धुपाल्चोक गरी ७ जिल्लाका ७० उच्च माध्यमिक विद्यालय एवं त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय तथा राष्ट्रिय पुस्तकालयको पुनःनिर्माणका लागि डिजाइन तथा परियोजना व्यवस्थापन परामर्श सेवा प्रदान गर्ने जनाएको हो ।

सीबीआरआइले नेपाल सरकारको विपद् उत्थानशील पुनःनिर्माण निर्देशिकाअनुरुप शैक्षिक संरचनाको पुनःनिर्माण गर्न शिक्षा मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाइसँग काम गर्ने जनाइएको छ ।