
स्ववियु निर्वाचनको मिति सारिएपछि नयाँ कार्यतालिका सार्वजनिक गरिएको त्रिविका रजिस्ट्रार डिल्लीप्रसाद उप्रेतीले जानकारी गराए ।
यही फागुन १४ गते हुने भनिएको निर्वाचन फागुन १८ गते सारिएपछि त्रिविले निर्वाचनका लागि पुनः नयाँ कार्यतालिका सार्वजनिक गरेको हो ।
उनले नयाँ कार्यतालिकानुसार अब स्ववियु निर्वाचन प्रक्रिया सुरु गरिने बताउँदै नयाँ निर्वाचन कार्यतालिकाअनुसार सबै विद्यार्थी संगठनले स्ववियु निर्वाचनमा सहभागिता जनाउने विश्वास व्यक्त गरे ।
नयाँ कार्यतालिकाअनुसार निर्वाचन प्रक्रिया यही फागुन ११ गतेदेखि सुरु हुँदैछ ।
सो दिन निर्वाचन मतदानमा सहभागी मतदाताको सूची प्रकाशन गरिने, १२ गते प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारको मनोनयनपत्र वितरण गरिने १४ गते उम्मेदवारले मनोनयनपत्र दर्ता गराउने र १८ गते मतदान गरिने छ ।
रजिस्ट्रार उप्रेतीले निर्वाचन कार्यतालिका सुरु भएका क्याम्पसमा पहिलेकै प्रक्रिया मान्दै बाँकी नयाँ कार्यतालिकानुसार बढ्ने बताए ।
अनेरास्ववियु (क्रान्तिकारी)लगायत केही विद्यार्थी संगठनको विरोधका कारण निर्वाचन प्रक्रिया प्रभावित भएको हो । रासस
प्रतिक्रिया दिनुहोस्