२५ बैशाख २०८२, बिहिबार | Fri May 9 2025


अमेरिकामा भीषणा आँधी, चारजनाको मृत्यु


0
Shares

केही वर्षयताकै ठूलो मानिएको आँधीले जनजीवन नराम्ररी प्रभावित भएको हो । बोम्बोजेनेसिस नाम दिइएको आँधीसँगै आएको ठूलो पानी र बाढीका कारण क्यालिफोर्नियाका डेढ लाखभन्दा धेरै घरमा बिजुलीको आपूर्ति बन्द भएको छ ।

लस एन्जलस नजिक पहिरोको जोखिम बढेपछि सयौं घर खाली गरिएको छ । अझै तीब्र गतिमा हावा चल्ने, ठूलो वर्षा हुने र बाढीको खतरा रहेको मौसमविदहरुले बताएका छन् ।

लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने तीन सयभन्दा बढी उडान रद्द गरिएका छन् । यस्तै मूख्य सडकमार्ग पनि बन्द भएको छ । बाटोमा पानी जमेको छ भने गाडीहरु पानीमा डुबेका छन् ।

वैज्ञानिकहरुले यस आँधीलाई ‘वेदर बम’को संज्ञा दिएका छन् । पाँच वर्ष लामो खडेरीपछि यो अतिवृष्टि भएको मौसमविदहरुले बताएका छन् ।

यसै हप्तामात्र ठूलो पानीका कारण उत्तरी क्यालिफोर्नियाकै ओरोविल बाँध फुट्ने आशंकामा करिब दुई लाख मानिसलाई अन्यत्र सारिएको थियो ।(एजेन्सी)