२५ बैशाख २०८२, बिहिबार | Fri May 9 2025


संचारमाध्यमविरुद्ध फेरि खनिए अमेरिकी राष्ट्रपति ट्रम्प


0
Shares

अमेरिकी जनतासँग झूठो समाचारको आड विना प्रत्यक्ष सम्वाद गर्नुपर्ने उनको भनाइ थियो । सञ्चारमाध्यमलाई ‘बेइमान’ भन्दै अमेरिकी राष्ट्रपतिले केही सञ्चारमाध्यमले सत्य तथ्य नभई आफ्नाबारेमा मनगढन्ते समाचार दिने गरेको जिकिर गरे ।

यसअघि उनले राष्ट्रपतिका रुपमा पहिलो पत्रकार सम्मेलनमा अमेरिकी सञ्चारमाध्यम अमेरिकाको दुश्मन भएको आरोप लगाएका थिए । अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकीलाई राम्रो हेल्थकेयर प्लान दिने र ओबामाको सुधार कार्यक्रम उल्टाउने स्पष्ट पारे ।

आफ्नो प्रशासन सुचारु रुपमा चलिरहेको भन्दै उनले सेनाको पूनर्गठन गरिने उल्लेख गरे । उनले आईएसलाई परास्त गर्ने योजना बनाइने बताए । (एजेन्सी)