२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेता छिट्टै निर्वाचन मिति घोषण गर्न सहमत


0
Shares

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस र माओवादीका नेताहरुको बैठकले मिति घोषणा गरेर जाने सहमति गरेको हो ।

मधेसी मोर्चाले भनेजस्तो संविधान संशोधन गरेर चुनावको मिति घोषणा गर्ने अवस्था नभएको निष्कर्ष उनीहरुको छ । संविधान संशोधनको विषयलाई पनि सँगै लैजान सकिने नेताहरुको भनाइ छ ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले तत्कालै मिति घोषणा गर्नेमा दुई दलबीच सहमति बनेको जानकारी दिए ।

स्थानीय तह पुनर्संरचनाको प्रतिवेदन स्वीकारेर मिति घोषणा गर्नेमा नेताहरुले सहमति गरेका हुन् । मिति घोषणाअघि मधेशी मोर्चासँग फेरि छलफल गरी २ नम्बर प्रदेशमा स्थानीय तहको संख्या बढाइनेबारे निर्णय लिइने नेताहरुले प्रतिक्रिया दिएका छन् ।

यसअघि, आइतबार मधेशी मोर्चासँग गरेको बैठकमा मोर्चाले संविधान संशोधन नगरी निर्वाचन घोषणा गरे आफूहरुलाई मान्य नहुने चेतावनी दिएपछि दोहोरो दबाबमा परेका प्रधानमन्त्री दाहाल निर्वाचन घोषणाका लागि सहमति जुटाउने गृहकार्यमा छन् ।

सरकारले आजै मिति घोषणा गर्ने बताइए पनि यसबारे निर्णय लिन मन्त्रिपरिषदको बैठक भोलिका लागि सारिएको छ ।

यसै विषयमा प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी एमालेसँग पनि छलफल गर्ने बताइएको छ । निर्वाचनको मिति घोषणा नगर्दा पूर्ण रुपमा तयारी थाल्न अप्ठ्यारो परेको भन्दै निर्वाचन आयोगले स्थानीय तहको चुनावका लागि जेठ १ र २१ को मिति प्रस्ताव गरिसकेको छ ।