
पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाइको माग राखेर तराई विखण्डनको नारा लगाउँदै आएका सीके राउतका कार्यकर्ताले प्रदर्शन गरेपछि मर्चवार क्षेत्र तनावग्रस्त बनेको हो ।
पक्राउ परेकाहरुको रिहाइको माग राखेर सीके राउतका कार्यकर्ताले बडवलियामा रहेको प्रहरी चौकीमा ढुगांमुढा गरेपछि स्थिती तनावग्रस्त बनेको हो ।
प्रहरीले स्थितीलाई नियन्त्रणमा लिन पाँच राउन्ड हवाई फायर र पाँच राउन्ड अश्रु ग्याँस प्रहार गरेको छ ।
त्यसक्रममा सीके राउतका कार्यकर्ताले प्रहरीको एउटा हतियार समेत लुटको लुम्बिनी अञ्चल प्रहरी प्रमुख एसएसपी दिपक थापाले जानकारी दिए ।
दोहोरो झडपमा तीन जना प्रहरी घाइते भएका छन् । शनिबार पनि सिके राउतका कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो । प्रहरीले सीके राउतका आठ जना कार्यकर्तालाई पक्राउ गरेको छ ।
प्रतिक्रिया दिनुहोस्