नेपालमा संघीयताको मोडल अति महंगो, भविष्य सोच्न आग्रह • Image Khabar Image Khabar


नेपालमा संघीयताको मोडल अति महंगो, भविष्य सोच्न आग्रह


Imagekhabar
८ फाल्गुन २०७३, आईतवार १९:५२

नेपालमा संघीयताको मोडल अति महंगो, भविष्य सोच्न आग्रह

समयमै ध्यान दिन नसके भोलि समस्या निम्तन सक्नेतर्फ आर्थिक क्षेत्रका जानकारीहरुले पुनः सचेत गराएका छन् ।

आर्थिक पत्रकार गजेन्द्र बुढाथोकीले लेख्नुभएको ‘समकालीन नेपाली अर्थतन्त्र’को सार्वजनिक कार्यक्रममा वित्तीय उदारीकरणपछिको तीन दशकमा नेपालले एक खालका सूचकमा प्रगति हासिल गरे पनि त्यसको स्थायित्वमाथि प्रश्न उठाएका हुन् ।

पूर्वअर्थमन्त्री डा. रामशरण महतले आफुले सुरुदेखि नै संघीयता महँगो व्यवस्था हो भन्दै आएको र यसको आर्थिक व्यवस्थापनलाई पनि उत्तिकै महत्व दिइनु पर्नेमा जोड दिए ।

नेपालले अबलम्बन गरेको खुला बजार अर्थनीतिकै कारण आर्थिक क्रियाकलापमा बृद्धि आएको उनको भनाई थियो ।

नीतिगत परिवर्तन भएपनि देशको कार्यकारी कमजोर हुँदा सोचेको जस्तो सफलता हात नलागेको उनले उल्लेख गरे ।

अर्थविद प्रा डा विश्वाम्भर प्याकुर्‍यालले विगत तीस वर्षमा भएको नेपालको आर्थिक उन्नति स्वभाविक थियो या उदारीकरणको परिणाम थियो भन्ने विषयमै प्रश्न रहेको बताउँदै संघीयताको आर्थिक व्यवस्थापन नेपालका लागि नयाँ समस्या हुने बताए ।

प्रतिक्रिया दिनुहोस्