
शहरको दक्षिणी मदिना जिल्लामा गराइएको उक्त घटनामा अरु ५० जना घाइते भएका छन् ।
यसै महिना गरिएको राष्ट्रपति निर्वाचनपछि भएको यो ठूलो विष्फोटको घटना हो । बम पसल र खानाको स्टल राखिएको क्षेत्रमा गराइएको बताइएको छ ।
विष्फोटको जिम्मेवारी कुनै समूहले नलिए पनि अल शबाब लडाकूले गराएको हुनसक्ने आशंका गरिएको छ ।
नव निर्वाचित राष्ट्रपतिलाई सघाउनेहरु सबै निशानामा पर्ने चेतावनी उक्त समूहले दिइरहेको छ ।
राष्ट्रपति मोहम्मद अब्दुल्लाही मोहम्मदले भने घटना गारउनेबारेको सूचना दिनेलाई एक लाख डलरको पुरस्कार दिइने घोषणा गरेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्