 
	    काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनमा आइतबार उम्मेदवारहरुले मनोनयन दर्ता गराए । अध्यक्षमा कमल थापा र प्रदिप विक्रम राणाले उम्मेद्वारी दिएका छन् ।
थापाको प्रस्तावमा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र समर्थकमा पशुपतिशम्शेर राणा छन् । यस्तै प्रदिप विक्रम राणाको प्रस्तावकमा उमेशध्वज कुँवर र समर्थकमा शंकर बोहरा छन् ।
कमल थापाविरुद्ध उम्मेद्वारीको घोषणा गरेका डा. प्रकाशचन्द्र लोहनी भने अन्तिम समयमा पछि हटे ।
थापालाई अध्यक्ष बनाउने सहमति भएको केही समयमै लोहनीले उम्मेद्वारी दिने घोषणा गरेका थिए । महाधिवेशनले अध्यक्षसहित नयाँ केन्द्रीय समिति चुन्ने छ ।
संशोधित विधानअनुसार महाधिवेशनले अध्यक्षसहित १ सय ६१ सदस्यीय कार्यसमिति चुन्ने छ ।
महाधिवेशनले अध्यक्ष कमल थापाले पेश गरेको राजनीतिक प्रतिवेदन, राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पेश गरेको आर्थिक प्रतिवेदन र बुद्धिमान तामाङले पेश गरेको विधान संशोधन प्रस्ताव पारित गरेको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्