
म्यारिल्यान्डको चिसापिकमा भएको लिलाम बढाबढमा २ लाख ४३ हजार डलरमा फोन बिक्री भएको थियो । लिलाम बढाबढमा १ लाख डलरबाट बोलकबोल सुरु भएको थियो ।
हिलटरको फोन किन्नेको पहिचान भने खुलाइएको छैन । रातो रंङको उक्त टेलिफोनमा नाजी नेता हिटलरको नाम लेखिएको छ ।
बर्लिनको बंकरमा सन् १९४५ मा उक्त टेलिफोन फेलापरेको थियो । जर्मनीले आत्मसमर्पण गरेपछि तत्कालीन सोभियत सेनाले यसलाई बेलायती अधिकृत सर राल्फ रायरनलाई सम्झनाकोरुपमा दिएका थिए ।
लिलामीगृहका प्रमुख विल पानागोपुलोसले हिटलरले प्रयोग गरेको फोन आमविनाशको हतियार बनेको बताएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्