
यद्यपि, उसले संविधान संशोधन भएमा स्थानीय चुनावमा सहभागी हुनसक्ने संकेत पनि दिएको छ ।
चुनाव घोषणाका लागि सिंहदरवारमा मन्त्रिपरिषद् बैठक बसिरहेका बेला मधेसी मोर्चाका नेताहरु तमलोपा कार्यालयमा बसेर आन्दोलनबारे छलफल गरेका थिए ।
सरकारले चुनावको मिति घोषणा गरे लगत्तै मधेसी मोर्चाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
जसअनुसार मोर्चाले आज १० गते मशाल जुलश निकाल्ने छ भने भोलि ११ गते मधेस बन्द गर्ने घोषणा गरेको छ ।
१२ गतेदेखि १५ दिनसम्म गाउँ, नगर सदरमुकामहरुमा भण्डाफोर अभियान चलाउने निर्णय पनि मोर्चाका नेताहरुले गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आपूmले निकै कठोर निर्णय लिएको भन्दै मधेसी मोर्चाले पनि निर्वाचनमा भाग लिने विश्वास ब्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्