
जिल्लाको नागिनस्थित नागिन माविमा सामाजिक अभियन्ता डा. महाविर पुनले विद्यालयलाई कम्प्युटर र आवश्यक उपकरण हस्तान्तरण गरी यो कार्यक्रम लागू गरिएको हो ।
कार्यक्रममा उनले आविष्कार केन्द्र स्थापनार्थ सरकारले गम्भीरता नदेखाएको गुनासो गरे ।
इक्वालिटी फाउन्डेशनले जिल्लाका नागिन माविसहित २७ वटा विद्यालयमा कम्प्यूटरलगायतका सामाग्री प्रदान गर्ने फाउण्डेशनका उपाध्यक्ष राधाकृष्ण न्यौपानेले बताए ।
‘आफ्नो विद्यालय आफैं बनाऔं’ भन्ने अभियानअन्तर्गत सुरु गरिएको अभियानमा पाठ्यक्रम विकास केन्द्रले तयार गरेको पाठ्यक्रमलार्ई आधार मानेर कम्प्युटर सफ्टवेयरको माध्यमबाट विद्यार्थीलाई ज्ञान दिलाउने र यसले पाठ्यपुस्तक नपाउने समस्या हल हुने बताइएको छ । झापा र बझाङ्मा पनि अनलाइन शिक्षा कार्यक्रम लागू गर्ने तयारी भएको छ ।
प्रतिक्रिया दिनुहोस्