२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


एकै चरणमा देशभर स्थानीय तहको निर्वाचन गराउन आयोग सक्षम : प्रमुख आयुक्त


0
Shares

मंगलबार काठमाडौंमा गरिएको साक्षात्कारमा प्रमुख निर्वाचन आयुक्त डा. यादवले एकै चरणमा देशभर स्थानीय तहको निर्वाचन गराउन आयोग सक्षम रहेको बताए ।

निष्पक्ष, धाँधलीरहित निर्वाचन सम्पन्न गराउने कामलाई आयोगले तीव्रता दिएको उनको भनाइ थियो ।

प्रमुख निर्वाचन आयुक्त डा. यादवले निर्वाचन लोकतन्त्रको आधारस्तम्भ भएकाले निर्वाचनपछि मुलुकले गति लिने बताए ।

उनले एक हप्ताभित्र निर्वाचनसम्बन्धी आचारसंहिता लागू हुने पनि स्पस्ट पारे ।

निर्वाचनलाई चुनौतीभन्दा पनि अवसरकारुपमा लिनुपर्ने भन्दै उनले सबैको सहयोगको अपेक्षा गरे ।