Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


नयाँ प्रावधानः क्याम्पसको पढाइ सकिए स्ववियु पदाधिकारीको पद स्वतः समाप्त


0
Shares

यसअघि, निर्वाचनमा जितेपछि दुई वर्षसम्म पदमा बस्न पाउने व्यवस्था भएपनि अबको निर्वाचनपछि क्याम्पसमा अध्ययरत् रहँदासम्ममात्र उक्त पदमा बस्ने पाउने नयाँ व्यवस्था त्रिभुवन विश्वविद्यालयले गरेको छ ।

त्रिविका रजिस्ट्रार डिल्लीप्रसाद उप्रेतीले निर्वाचित विद्यार्थी अन्तिम परीक्षा दिइसकेपछि उक्त पदमा स्वतः बस्न नपाउने व्यवस्था गरिएको जानकारी गराए ।

उनकाअनुसार २०६९ सालमा स्ववियु निर्वाचनको तयारी गर्दा त्रिवि पदाधिकारी र विद्यार्थी संगठनसँगको छलफलपछि त्रिवि संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम–२०६९ मा उक्त व्यवस्था गरिएको हो ।

‘स्ववियुलाई वास्तविक विद्यार्थीको संगठन बनाउनका लागि अन्तिम तहको परीक्षा दिइसकेपछि त्यो पदाधिकारी वा सदस्य पदमा बस्न पाउँदैन’–उनले भने–‘स्ववियुलाई मर्यादित बनाउनका लागि अहिले यस्तो व्यवस्था ल्याउन थालिएको हो ।’

उनले स्ववियुबाट रिक्त पदलाई के गर्ने भन्ने सम्बन्धमा छलफल भइरहेको बताए ।

त्रिविले स्ववियु निर्वाचनमा पहिलोपटक मिश्रित निर्वाचन प्रणाली अपनाउँदै छ ।

सभापति, सचिव, कोषाध्यक्षसहित ५० प्रतिशत सदस्य प्रत्यक्ष तथा उपसभापति, सहसचिव र ५० प्रतिशत सदस्य समानुपतिक प्रणालीबाट चयन गरिने छ ।

उपसभापति र सहसचिव निर्वाचित स्ववियुले चयन गर्नेछ भने ५० प्रतिशत संगठनले बुझाएको बन्दसूचीबाट सबैभन्दा बढी मत पाउने सदस्यलाई निर्वाचन समितिले मनोनयन गर्नेछ ।

त्रिविमा यही फागुन १८ गते आठ वर्षपछि स्ववियु हुँदैछ । रासस